बुलिङटार गाउँपालिका– ६ का युवाहरु उद्यमशिल बन्दै, पशुपन्छी फर्म सञ्चालनमा

काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) को बुलिङटार गाउँपालिका– ६ का युवाहरु उद्यमशिलतर्फ लागेका छन् । यही विजया दशमीको अवसर पारेर युवाहरुले पशुपन्छी फर्म सञ्चालनमा ल्याएका हुन् ।

युवा नरबहादुर चितौरे र खिमबहादुर नेपालीले संयुक्त रुपमा आज आइतबार (२०८२–६–१२) गतेबाट उक्त फर्म सञ्चालनमा ल्याएका हुन् ।

आफ्नै कृषि तथा पशुपन्छी फर्म बुलिङटार गाउँपालिका– ६ स्थित निरन्दी खोला पारी फर्म निर्माण गरि आइतबारदेखि सञ्चालनमा ल्याएको सञ्चालक चितौरेले जानकारी दिए ।

ग्राहकहरुकै रोजाइमा साना–ठूला पाडाहरु फर्ममा उपलब्ध हुने पनि उनले बताए । अबदेखि सधैँ सुफत मूल्यमा उपलब्ध गराउने र आवश्यक परेमा ग्राहकहरुले सम्पर्क गर्न सक्ने उनको भनाई छ ।

फर्म सञ्चालक चितौरे लामो समयदेखि भेटनरी प्राविधिकका रुपमा काम गर्दै पनि आएका छन् । अब उक्त फर्मलाई निरन्तरता दिइरहने उनले बताए ।

प्रतिक्रिया