
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले पालिकाभर शोक बिदा दिएको छ । आज र भोलि दुई दिन पालिकाले सार्वजनिक शोक बिदा दिने निर्णय गरेको बताइएको छ ।
जेन–जीहरुले गरेको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै नगरपालिकाले शोक बिदा दिएको हो पालिकाअन्तर्गत सबै सरकारी निकाय र सामूदायिक विद्यालयमा बिदा दिइएको छ ।
साथै, आन्दोलनका क्रममा मृत्युवरण गर्ने युवाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।


रुकुम पश्चिम
प्रतिक्रिया