महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूले अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त गर्न सक्ने भएका छन् । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधैँ खातामा प्राप्त सकिने सुविधाको औपचारिक रूपमा सुरूआत गरेको हो । यसमा नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (एमटिसिएन) बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थपसँगै अब ग्राहकहरू रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइन बस्नु नपर्ने साथै समयको समेत बचत हुने बैंकको दाबी छ । यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमा पहिलो विकास बैंक बनेको छ ।

प्रतिक्रिया