युवा संघ नेपाल बाँकेको अध्यक्षमा श्री कुमार रावत

बाँके । कोहलपुर नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ नेपाल बाँके जिल्ला कमिटी पुनर्गठन भएको छ । पुनर्गठित कमिटीमा अध्यक्षमा श्री कुमार रावत, उपाध्यक्ष साजन सापकोटा, सचिव सागर सिंह ठकुरी र उपसचिव छत्र चलाउने सहित २५ सदस्यीय रहेका छन् ।

युवा संघ नेपालका पोलिटब्युरो सदस्य दिपक शाहीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वाला पोलिटब्युरो सदस्य अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य कृष्ण विसी, नारायणी वली, बाँके जिल्ला अध्यक्ष दिपक जिएम, पार्टी सचिव तेजप्रसाद अधिकारी लगायको उपस्थित रहेको थियो ।

युवा संघ नेपालका नवनिर्वाचित जिल्ला कमिटीलाई केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया