चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनस्थित राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी माइक्रो बस ठक्किँदा उनीहरुको मृत्यु भएको हो ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया