नागार्जुनका मेयर मोहन बस्नेत भ्रष्टाचारी ठहर

काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घूस लिएको मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार मेयर बस्नेतलाई दोषी ठहर गरेको हो । नेपाली कांग्रेसबाट २ पटक मेयर निर्वाचित भएका बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घूस लिएको अदालतको ठहर छ ।

अदालतको आदेशअनुसार बस्नेतले उक्त घूस रकम र त्यसबाट किनेको जग्गा विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेका छन् । दोषी ठहर भएका बस्नेत र घूसदातालाई सजाय निर्धारणका लागि असार १६ गते पेसी तोकिएको छ । यता, बस्नेतकी पत्नी उर्मिलाले भने सफाइ पाएकी छिन् ।

प्रतिक्रिया