प्रतिनिधिसभा बैठक सुरू हुनासाथ रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । तर, बैठक सुरू हुनासाथ विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएका छन् ।

दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई समय दिएका थिए । घिमिरेले बोल्न थालेपछि रास्वपाले वेल घेराउ गरेका छन् ।

विपक्षी दलहरुले भिजिट भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग र उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएका छन् ।

विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपालगायतले केही दिन अघिदेखि संसद अवरोध गर्दै आएकोमा माओवादीले भने सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहमति गरेर अवरोध गर्न छाडेको छ । राप्रपा र रास्वपाले भने अवरोध कायमै राखेको हो ।

गत शुक्रबार सत्तारुढ दल नेकपा नेकपा एमाले रकांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद खुलाउन दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिसँगै संसद खुलेको थियो ।

तर, विपक्षी दलहरू राप्रपा र रास्वपाले अवरोध गरेका थिए । अवरोधकै बीच सभामुखले गृहमन्त्री लेखकलाई भिटिज भिसा प्रकरणबारे उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए । विपक्षी दलको अवरोधकै बीच गृहमन्त्री लेखकले पनि जवाफ दिएका थिए ।

प्रतिक्रिया