दिपलले विश्वभर बिक्री गर्याे ५ लाख गाडी

काठमाडौँ । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर ५ लाख गाडी बिक्री गरेको छ । कम्पनीका अनुसार गएको मे महिनामा मात्र दिपलको २५ हजार ५२१ युटिन इभी बिक्री भएको थियो । जुन गत वर्ष मे महिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने, यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।

हाल दिपल ब्रान्डले एसएल–०३, एस–०७, जी–३१८, एल–०७, एस–०५ र एस–०९ गरी ६ मोडेल विक्री गर्दै आएको छ ।
यसमध्ये दिपल ए–०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको गाडी हो । कम्पनीका अनुसार ६ सिट भएको ठूलो आकारको एसयुभी दिपल एस–०९ ५ वटा ट्रिममा उपलब्ध छ । एस–०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो ।

दिपलले आउँदो वर्ष चीनमा ३०० वटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया