काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलोपटक गोकियो ल्याबस प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म र्यापिड सञ्चालनमा ल्याइएको छ । यस सेवाअन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको इआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा इआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँको पानीपोखरीस्थित लाइफ क्युइस्ट क्लिनिकल ल्याबबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रअनुसार, सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाइफ क्युइस्ट क्लिनिक ल्याबमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया