काठमाडौं । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसएडका कार्यक्रमहरु बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाहमा राखिएको हो ।
नेपालमा युएसएडले स्वास्थ्य, शिक्षालगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेता पनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो । अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेका हुन् ।
प्रतिक्रिया