सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट मंगलबार करीव १ हजार १२० केजी गाँजा बरामद भएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लाष्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाईछिपाई राखेको अवस्थामा फेला पारको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया