काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका कारण उनलाई निलम्बन गरिएको हो । पाण्डेलाई सोधेको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो ।
‘जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेस नगरेसम्म बढीमा ६ (छ) महिनाका लागि निलम्बन गरेको छु,’ गुरागाईंले गरेको निलम्बन पत्रमा भनिएको छ । पाण्डे निलम्बित भएपछि निमित्त नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।
प्रतिक्रिया