कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं । राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंह पनि पक्राउ परेका छन् ।

आज आइतबार नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

आज आइतबार साँझ काठमाडौं प्रहरी परिसरमा कमल थापालाई भेट्न पुगेका सांसद सिंहलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलनरत छन् । राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो । उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए ।

प्रतिक्रिया