काठमाडौं । राजावादीको आन्दोलनबाट आज राप्रपा नेपालका अध्यक्ष कमल थापासहित अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका छन् ।
आज आइतबार राजतन्त्र पुनः स्थापना गर्ने उदेश्यसहित गणतन्त्रको विरोधमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष थापासहित ६ जना राजावादीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेको प्रहरीले जनाएको छ ।
आज राजावादीको भीडलाई उक्साएको आरोपमा थापासहितलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । पक्राउ परेका ६ जनालाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको बोहराले बताए ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रविरुद्ध आन्दोलनमा उत्रिएका छन् । गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलनरत छन् ।
राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो । उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको थियो ।
प्रतिक्रिया