काठमाडौं । राजावादीको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
आज आइतबार राजावादीको भीड भड्काउने गरी अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले काठमाडौं नक्सालस्थित नारायण चौरबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलनरत छन् । राजावादीको जुलुस आज पनि बालुवाटार क्षेत्र पुगेको थियो ।
उनीहरूले बालुवाटारमा निषेधित घेरा तोड्ने प्रयाससमेत गरेका थिए । केहीबेर प्रहरी र राजावादी आन्दोलनकारीबीच धकेलाधकेल समेत भएको थियो ।
प्रतिक्रिया