काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३१औँ वार्षिकोत्सवका अवसरमा ३१ महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले ४ देखि १० जेठसम्म महिनाव्यापी रूपमा वार्षिकोत्सव मनाउने क्रममा देशभरिका शाखामार्फत उनीहरूलाई सम्मान गरिएको जानकारी दिएको छ । बैंकका अनुसार वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशीलतासमेत प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
यस्तै बैंकले वार्षिकोत्सवका अवसरमा ६ जेठमा १० शाखा कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदान कार्यक्रम मार्फत ३२० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ । बैंकले ७ जेठमा केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित वेषभूषा प्रदर्शन गरिएको थियो । यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविरसमेत सञ्चालन गरिएको थियो ।
त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरतासहित प्रभातफेरी कार्यक्रमसमेत सम्पन्न गरिएको बैंकले जनाएको छ । प्रभातफेरीमा बैंकिङ सेवा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्ड प्रयोग गरिएको थियो ।
प्रतिक्रिया