युरोपेली युनियनले अमेरिकाबाट पनि दबाबको सामना गरिरहेको छ । अमेरिकासँग बढिरहेको खाडल, तनावपूर्ण व्यापारीकरण सम्बन्धको विकास र दुई पक्षीय राजनीतिक विश्वासमा आएको संकटले युरोपेली नेतालाई निराश बनाएको छ । यसैको परिणामस्वरूप, चीनसँग दरिलो आर्थिक गाँठो कस्नु युरोपेली युनियनका लागि रणनीतिक विकल्प हो ।
चीन र युरोपेली युनियनका बीच द्विपक्षीय कूटनीतिक सम्बन्ध भएको ५० वर्षमा फेरिएको विश्व भूराजनीतिक अवस्थाको विषयमा दुई पक्ष बीचमा निरन्तर संवाद जारी छ । मार्च महिनामा पोर्चुगलका वैदेशिक मामला मन्त्री कपावलो रेन्जेल, फ्रान्सेली विदेशमन्त्री जियन नोयल बारोट र व्यापार तथा आर्थिक सुरक्षाका लागि युरोपेली कमिस्नर मार्कोस सेभकोभिकले मार्च महिनामा चीनको भ्रमण गरिसकेका छन् । यसैगरी, स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले पनि मे महिनामा चीनको भ्रमण गरे ।
युरोपेली नेताहरूको यो चीन भ्रमण संयोग मात्र होइन । आन्तरिक बाह्य दबाबका बीच युरोपेलीहरूले बनाएको बुद्धिमत्तापूर्ण दृष्टिकोणलाई यसले प्रतिबिम्बित गर्छ । आन्तरिक र बाह्य चुनौतीका बीचमा युरोपेली युनियन चीनसँग सम्पर्क बढाउन र यसलाई समन्वयमा ल्याउने दबाबमा छ । अहिले रुस र युक्रेनको बीचमा जारी युद्ध अन्त्यमा लागि भएको प्रयासका घटनाहरू युरोप र त्यहाँका आर्थिक र सामाजिक क्षेत्रका लागि ठुलो झट्का हो । यसको नतिजा आर्थिक सुस्तता, वित्तीय घाटा ऊर्जाको संकट तथा मुद्रास्फीतिसम्म पर्न सक्छ । बाह्य परिस्थिति हेर्दा अमेरिकाको नयाँ प्रशासन सुरक्षित युरोप चाहँदैन र युरोपमा ठुलो मात्रामा भन्सार महसुसको धम्की दिएको छ । यसले युरोपमा नयाँ किसिमको निराशा पैदा गरेको छ ।
यसै समयमा युरोप र चीनको उतारचढावका बीच यी २ देशका बीचमा आर्थिक र व्यापारिक क्षेत्रमा दुई देशको सम्बन्ध विकास भइरहेको छ । चीनको भन्सार तथ्यांकका अनुसार चीन र युरोपेली युनियन बीचको व्यापारको परिणाम सन् २०२४ मा बढेर ७८५ दशमलव ८ अर्ब अमेरिकी डलर पुगेको थियो, जसमध्ये चीनले युरोपमा करिब ५१६ दशमलव ४ अर्ब अमेरिकी डलरबराबरको निर्यात गरेको थियो ।
यो महत्वपूर्ण तथ्यांकले बजार नियमको शक्तिले युरोप र चीनबीचको राजनीतिक सम्बन्धमा प्रवेश पाएको देखिएको छ । यसैले व्यावहारिक समन्वय र दुई पक्षीय फाइदाको आधारमा दुवै पक्षलाई निर्देशित गर्छ ।
तैपनि चीन र युरोपेली युनियनका नेताहरू बीचको सम्बन्धमा रहेको विरोधाभासको समाधान युरोपेली नेताहरूको चीन भ्रमणले मात्र पूरा गर्न सक्ने छैन । जबकी त्यहाँ दुई पक्षीय सम्बन्धका लागि सम्भाव्य आर्थिक संरचना र प्राविधिक पूरक विषय युरोपेली नेताहरूको माइन्डसेटमा छ ।
उदाहरणका लागि युरोपेली युनियनका व्यापार प्रमुख सेभकोभिकको युरोप भ्रमणलाई लिऊँ । युरोपेली कमिसनले सो भ्रमणलाई युरोपेली युनियन र चीनको सम्बन्धलाई अझ सन्तुलित र समन्वयकारी बनाउनेतर्फ उन्मुख भएको इंकित गरेको थियो । जबकि सेभकोभिक बेइजिङ जानुअघि युरोपको इभी उद्योगमा गरिएको चिनियाँ लगानीको अवस्था आमरूपमा गुणमा आधारित साझेदारी थिएन ।
युरोपेली युनियनका अधिकारीहरूको विरोधाभासपूर्ण अभिव्यक्तिले चीन, अमेरिका र युरोपेली युनियनको त्रिपक्षीय सम्बन्धको जटिलतालाई उजागर गरेको थियो । पश्चिमी आधिपत्य व्यवस्था र चीनलाई हेर्ने व्यवस्थित दृष्टिकोणले अमेरिका र युरोपेली युनियनले चीनको उदय चुनौतीको रूपमा बुझ्न जरुरी छ । यस कारण चीनका उच्च प्रविधिलाई दबाउनु, चीनमाथि धेरै कर लगाउनु र चिनियाँ लगानीलाई रोक्न खोज्नु आवेगपूर्ण प्रतिक्रियाभन्दा बढी सुनियोजित मापक हुन् ।
युरोपेली युनियनले अमेरिकाबाट पनि दबाबको सामना गरिरहेको छ । अमेरिकासँग बढिरहेको खाडल, तनावपूर्ण व्यापारीकरण सम्बन्धको विकास र दुई पक्षीय राजनीतिक विश्वासमा आएको संकटले युरोपेली नेतालाई निराश बनाएको छ । यसैको परिणामस्वरूप, चीनसँग दरिलो आर्थिक गाँठो कस्नु युरोपेली युनियनका लागि रणनीतिक विकल्प हो ।
युरोपेली युनियनका प्रमुख उरुस्ला भान डेर लियनले फेब्रुअरी महिनामा नै युरोपेली युनियनको सम्बन्ध संसारकै जटिल तर आवश्यक भएको बताएकी थिइन् । साथै यो कसरी अघि बढ्छ भन्ने कुरा युरोपको आगामी अर्थनीति तथा राष्ट्रिय सुरक्षाको विषयले निर्धारण गर्ने बताएकी थिइन् । उनले सम्बन्धलाई पुन व्याख्या गरेर दुई पक्षीय हितको बाटो तय गर्न पनि जोड दिएकी थिइन् । उनको अभिव्यक्तिले चीन र युरोपेली देशको सम्बन्धमा रहेको जटिल पक्ष र पछिल्लो समय अतिवादी सोचबाट बाहिरिन युरोपेली नेताहरूले देखाएको चाहनालाई प्रतिबिम्बित गरेको थियो ।
चीनका लागि युरोपेली युनियनले बृहत् रणनीतिक स्वायत्तताको खोज तथा सकारात्मक कुरामा चीनसँग सम्बन्धित हुने चाहना महत्वपूर्ण विकास हो । जहाँसम्म युरोपेली नेताहरूको चीनलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तन छ, हामीले युरोपसँग प्रतिस्पर्धा गर्न र समन्वय गर्नका लागि साझा मैदानको पहिचान गर्न आवश्यक छ । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठलाई अवसरको रूपमा लिँदै चीन र युरोपले राजनीतिक विश्वास, गहिरो र द्विपक्षीय लाभदायक कार्यक्रम र सम्बन्धलाई गहिरो राजनीतिक सम्बन्धको रूपमा विकास गर्ने क्रममा अघि बढाउन जरुरी छ । साथै विश्वव्यापी शासन सन्तुलन र परिष्कृत विकासका लागि पनि यो आवश्यक छ ।
(झाओ चाइनिज एकेडेमी अफ सोसल साइन्सेजको इन्स्टिच्युट अफ युरोपियन स्टडीजका रिसर्च फेलो हुन् । ग्लोबल टाइम्समा प्रकाशित उनको लेखको यो भावानुवाद)
प्रतिक्रिया