काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।
प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ । विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् । गत चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।
प्रतिक्रिया