काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको विषय सरकारलाई थाहै नभएको बताएका छन् । मन्त्रपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई दिएको भन्ने छ तर प्रधानमन्त्रीलाई जानकारी छैन । बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको ।’
प्रतिक्रिया