वासिंगटन । अमेरिकामा सुरक्षा निकायका गोप्य सूचना माथिल्लो तहबाट नै चुहावट हुने क्रममा रक्षा मन्त्रालय अगाडि देखिएको छ ।
रक्षा मन्त्री पिटर हेगसेथले यमनमा दोस्रोपटक आक्रमण गर्न बनाएको योजनामा छलफल गरिएको ग्रुप च्याटमा हेगसेथको निजी सम्पर्क भएको व्यक्ति र पारिवारिक व्यक्ति जोडिएको जनाइएको छ ।
सचिवालयबाट बारम्बार गल्ती हुन थालेपछि उनका प्रेस सल्लाहकार जोन युलियट सहितले यो रहस्य पत्ता लगाए । यो घटनापछि ३ जना वरिष्ठ अधिकारी बर्खास्त भएका छन् । यसरी बर्खास्त हुनेमा सल्लाहकार डान चाड विल, डेपुटी चिफ अफ स्टाफ डारेन सेलनिक र कोलिन कारोल छन् । मास फाइरिङजस्ता संवेदनशील सूचना बाहिर जान थालेपछि यसले पेन्टागनमा नै समस्या उत्पन्न भएको युलिटले बताए । गत महिना दोस्रोपटक यमनमा आक्रमण गर्नका लागि हेगसेथले वरिष्ठ सैन्य अधिकारीसँग छलफल गर्ने क्रममा ग्रुप च्याटको समूह बनाइएको थियो ।
हेगसेथले यो च्याट गर्ने क्रममा हुथीमाथि आक्रमणको योजना बनाइएको थियो । अमेरिकामा पछिल्लो समय यस्तो घटना भएको दोस्रोपटक हो । यसअघि ग्रुप च्याटमा एटलान्टिकका सम्पादकलाई राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले आबद्ध गरेका थिए । यसअघि पनामा क्यालन र मध्यपूर्वमा सैन्य उपस्थितिसम्बन्धी योजना बाहिर आएपछि यसका बारेमा छानबिन भइरहेको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो ।
प्रतिक्रिया