तीनकुने घटना प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका– ५ का ४८ वर्षीय ओमप्रकाश लुईटेल रहेको प्रहरीले जनाएको छ ।

लुईटेल तीनकुनेमा भएको तोडफोड तथा आगजनीलगायतका कार्यमा संलग्न रहेकोक प्रहरीको दाबी छ । उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद लिएको प्रहरीले जनाएको छ । यसअघि पक्राउ परेकालाई पनि थुनामा राख्न अदालतले दिएको म्याद त्यसै मितिमा सकिँदैछ ।

चैत १५ गते राजावादीको आन्दोलन हिंसत्मक भएपछि एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी काठमाडौंका विभिन्न स्थानमा आगजनी, तोडफोड र भाटभटेनी सुपरमार्केटमा लुटपाट पनि भएको थियो । यस घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया