प्रधानमन्त्री ओलीद्वारा गैँडाकोट सडकखण्ड निरीक्षण

नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गको गैँडाकोट खण्डमा निरीक्षण गरेका छ्न् । शुक्रबार प्रधानमन्त्री ओलीले निर्माण भइरहेको सो सडकखण्ड निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले सडक निर्माण कम्पनी, सडक विभाग र आयोजना निर्देशनालयका कर्मचारीहरुसँग सडक निर्माणको प्रगतिको बारेमा जानकारी लिएका थिए ।

प्रधानमन्त्री ओली चितवनको एक कार्यक्रममा शुक्रबार पुगेका थिए । उनले सोही क्रममा गैँडाको पनि पुगेर निर्माण कार्य भइरहेको उक्त सडाखण्ड निरीक्षण गरेका हुन् ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया