जेरुसेलम । इजरायली सेनाले २३ मार्चका दिन दक्षिणी गाजामा १५ आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा आफूहरूको गल्ती भएको स्वीकार गरेको छ ।
रफाहा नजिकै प्यालेस्टाइनी रेडक्रस सोसाइटीको एम्बुलेन्समा आक्रमण भएको थियो । सोही एम्बुलेन्समा आपत्कालका लागि खटिएका स्वास्थ्यकर्मीसमेत थिए ।
इजरायली सेनाले सो गाडीले अँध्यारो समयमा फ्ल्यास लाइट र हेडलाइट नबालेका कारण आक्रमण गरेको जनाएको छ ।
कुनै चेतावनीबिना सडकमा गुडिरहेको सो सवारी साधनलाई आक्रमण गरिएको भिडियो न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ । यसअघि शनिबार इजरायली डिफेन्स फोर्सले पत्रकार सम्मेलनको आयोजना गर्दै इजरायलले ३ जना हमासका लडाकु रहेको सवारी साधनलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको थियो ।
सवारी साधनले सेनाले जानकारी गराउनुका बाबजुद आक्रमण गरेको तथा त्यसलाई सेनाले नै खाल्डो खनेर गाडेको थियो । अन्तर्राष्ट्रिय निकायले चासो नदिएसम्म त्यो घटना गुपचुप नै राख्ने प्रयास इजरायलले गरेको थियो ।
प्रतिक्रिया