मस्को । रुसमा पक्राउ परेका र यसै महिना मुद्दा चलाउने तयारी गरिएका एक अमेरिकी नागरिकलाई जबरजस्ती मनोरोग अस्पतालमा पठाइएको रूसी समाचार संस्था तासले आइतबार जनाएको छ । अमेरिकी नागरिक ४६ वर्षीय जोसेफ टेटरलाई सन् २०२४ को अगष्टमा मस्कोमा पक्राउ गरिएको थियो ।
उनीविरुद्ध एक होटलका कर्मचारीलाई दुर्व्यवहार गरी एक प्रहरी अधिकारीमाथि पनि आक्रमण प्रयास गरेको आरोप लगाइएको थियो । उनी दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ । मस्कोको एक अदालतले टेटरलाई मानसिक रोगका कारण बिरामीको रूपमा जबर्जस्ती अस्पताल भर्ना गर्न मानसिक अस्पतालका चिकित्सकहरूको अनुरोधमा सहमति जनाएको छ ।
मार्च १५ मा मस्कोको एलेक्सेयेभा मनोरोग अस्पतालका चिकित्सकहरूको एक मेडिकल कमिसनले टेटरले तनाव, आवेग एवं भ्रमपूर्ण विचार र मनोवृत्ति देखाएको र जसमा ‘सतावट’ को भावना रहेको र आफ्नो राज्यप्रति आलोचनात्मक दृष्टिकोणको कमी रहेको ठहर गरेको थियो ।
अदालतले टेटरलाई अस्पताल भर्ना गर्ने निर्णय कहिले जारी गर्यो भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन । तासका अनुसार टेटरलाई मस्कोको सर्बस्की सेन्टरमा मानसिक जाँचका लागि पठाइएको थियो । यो फोरेन्सिक मनोरोग केन्द्र र अस्पताल सोभियत युगमा मनोवैज्ञानिक रोगहरूको झूटो निदानको साथ राजनीतिक असन्तुष्टी जारी गर्न कुख्यात थियो ।
टेटरको मुद्दा आगामी अप्रिल १४ देखि मस्कोको अदालतमा सुरु हुँदैछ । उनलाई मार्च १३ मा पुर्पक्षका लागि थुनामुक्त गरिएको थियो । तासका अनुसार रुसले प्रतिवादीलाई मनोरोग अस्पतालमा राखेर समाजबाट अलग्गै राख्ने निर्णय गरेको आरोप लगाउँदै उनका वकिलले उनलाई अस्पताल भर्ना नगर्न अपिल गरेका छन् ।
रुसले हालैका वर्षहरूमा जासुसी, रुसी सेनाको आलोचना गर्नेदेखि लिएर सानातिना चोरी र पारिवारिक विवादमा थुप्रै अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । गत सेप्टेम्बरमा अदालतमा भएको सुनुवाइमा टेटरले अमेरिकी नागरिकता त्याग्न चाहेको बताएका सार्वजनिक गरिएको थियो । उनले दूतावासका अधिकारीलाई त्यहाँबाट हटाउन माग गर्दै आफूलाई वर्षौँदेखि सीआईएले निशाना बनाएको बताएका छन् ।
टेटरका वकिलले न्यायाधीशसँग सुनुवाईका क्रममा अमेरिकाका सम्बन्धित अधिकारीहरूको उत्पीडनको सम्बन्धमा राजनीतिक शरण प्राप्त गर्ने उद्देश्यले उनी रुस आएको बताएका थिए । युक्रेन आक्रमण र पश्चिमा मुलुकसँगको तनावबीच राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा नागरिकलाई राजनीतिक आधारमा रुसमा स्थानान्तरण गर्न सहज बनाएका छन् ।
प्रतिक्रिया