चितवनमा सेरेस र नामी इभीको टेस्ट ड्राइभ क्याम्प सुरु

चितवन । नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भरतपुरको सिएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ । कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, विशेष अफरको रूपमा कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त गर्ने बताइएको छ ।

ग्राहकहरूलाई थप लाभ स्वरूप एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गर्नेछ ।

प्रतिक्रिया