काठमाडौँ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो ।
प्रतिक्रिया