तस्विरमा हेरौँ शिक्षक आन्दोलनमा शिक्षकहरुको सहभागीता

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा होमिएका छन् । शिक्षकहरु बुधबार संघीय राजधानी काठमाडौंमा विभिन्न र्यालीसहित आन्दोलनमा उत्रेका हुन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले र्यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइन् ।

नेपाल शिक्षक महासंघले मंगलबार अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेको थियो । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आज बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरेको थियो ।– तस्विरहरु नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया