अनिश्चितकालीन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले अनिश्चितकालीन सडक आन्दोलन घोषणा गरेको छ । महासंघले आज मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघ माघ २० गतेबाट आन्दोलनमा रहेको जनाउँदै यस पटक पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू गर्ने बताए । पहिलो चरणअन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भएको उनले जानकारी दिए ।

उनले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चलिरहने बताए ।

प्रतिक्रिया