१ वर्षमै राजीनामा दिए त्रिविका भिसी बरालले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई गत वर्षको फागुन १० गते उपकुलपति नियुक्त गरेका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।

पछिल्लो समय त्रिविमा भएको घटनाक्रमप्रति असन्तुष्ट रहेका उनी दबाब थेग्नै नसकेर राजीनामा दिन बाध्य भएको बताइएको छ । विद्यार्थीहरूले विभिन्न माग राख्दै उनलाई दबाब दिँदै आएका थिए ।

प्रतिक्रिया