काठमाडौँ । बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘मदहोस’ सार्वजनिक भएको छ । गजलमा गोबिन्द अर्याल ‘शृंखला’को शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा गायिका बबिना आफैँ देखिएकी छन् । भिडियोमा उनलाई वाद्यवादन समूहसँग स्टेजमा रहेर गजल गाइरहेको देखाइएको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका हुन् ।
एजे अजुको छायांकन र निर्देशन रहेको गजलको भिडियोमा अनिल बिष्टको सम्पादन छ । गजल गायनमा बबिनालाई उपेन्द्र लिम्बू हारमोनियम, दीपक सापकोटा तबला, जय बिके गितार तथा केशव बिकेले फ्युटमा साथ दिएका छन् ।
प्रतिक्रिया