धमाधम स्तरोन्नति हुँदै ठाडी–भग्वानपुर–लहान सडक, स्थानीय खुसी

सिरहा । सडक डिभिजन कार्यालय लहानले सिरहाको ठाडी भग्वानपुर लहान सडक स्तरोन्नतिको कामलाई तिब्रता दिएको छ । डिभिजन कार्यालय सप्तरीको कदमहा चोकदेखि गाइघाट महुरे खर्प सोलु सडकको स्तरोन्नतिको पनि काम अगाडि बढाएको हो । ।

सडक डिभिजन कार्यालय लहानले २०८१ माघ २१ को बोलपत्रबो सूचना प्रबाशन गरेको थियो, भने श्री लिरुङ्ग रोयल डुप्चेशवर शुभम जेभि निर्माण कम्पनीले १ करोड ७८ लाख ४८ हजार ३८८ रुपैयाँमामा बोलपत्र स्वीकृत पाएको थियो ।

सडक डिभिजन कार्यालय लहान र श्री लिरुङ्ग रोयल डुप्चेशवर शुभम जेभि निर्माण कम्पनीबीच फागुन ५ गते भएको सम्झौताअनुसार निर्माण कम्पनीले धमाधम काम थालेको हो ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण कम्पनी र सडक डिभिजन बीच सडक स्तरोन्नतिको काम सम्झौता भए लगत्तै निर्माण कम्पनीलाई सडक स्तरोन्नतिलाई अगाडि बढाउन निर्देश दिएएको थियो । निर्माण कम्पनी र सडक डिभिजन कार्यालय लहानबीच सम्झौता अनुसार सडक स्तरोन्नतिको काम २०८२ असार मसान्तसम्म सक्नुपर्नेछ ।

ठाडी भग्वानपुर लहान सडक दैनिकी आवतजावत गर्ने भगवानपुर गाउँपालिका वडा २ नहरा रिघौलका शम्भु महराले आवतजावत गर्ने सडक स्तरोन्नति नहुँदा दुर्घटनाको धेरै जोखिम रहेकोमा अब सहज हुने बताए । सडक स्तरोन्नतिको काम अगाडि बढेपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया