क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई सार्वजनिक

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल)को सार्वजनिक गरेको छ ।

सोमबार बेलुका काठमाडौंमा भएको एक विशेष समारोहमा सार्वजनिक गरेको जनाएको छ ।

हुन्डाइले नेपालले ग्राहको आवश्यकता र गतिशीलताअनुसार क्रेटा ईभी र आईसीई दुवै मोडल सार्वजनिक गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीईको प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको छ ।

२०२५ मा आयात गरिने आईसीई मोडलहरुको तुलना गर्दा ९ लाखसम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको पनि उपस्थिति रहेको थियो ।

हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

प्रतिक्रिया