एभरेस्ट बैंकको ‘ग्लोबल मनी वीक–२०२५’ कार्यक्रम

काठमाडौँ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि एभरेस्ट बैंकले ४ चैतदेखि साताव्यापी अभियान अन्तर्गत ‘ग्लोबल मनी वीक–२०२५’ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल–क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजारभन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया