ग्लोबल आइएमई बैंकद्वारा युवा लक्षित कार्यक्रम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवायुवतीहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू ७ वटै प्रदेशहरूमा सञ्चालन गरेको हो ।

बैंकले ग्लोेबल मनी विक २०२५ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरूको सहभागिता रहेको थियो । यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानरसहित सहभागी भएका थिए ।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

प्रतिक्रिया