सर्लाही । युवा व्यवसायी नवराज आचार्यले बरहथवा नगरपालिका– ३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा पूर्वसहमति अनुसारनै स्थापना गरिएको आफ्नो हजुरबुवा बासुदेव उपाध्यायको अर्धकदको शालिकको विषयलाई लिएर आफ्नो चरीत्र हत्या गर्न खोजिएको बताएका छन् ।
आचार्यले अनावश्यक विवाद खडा गरेर आफ्नो चरित्रहत्या गर्न खोजिएको बताएका हुन् । उनले आफूले कसैलाई प्रभाव या प्रलोभनमा पारेर शालिक स्थापना नगरेको बताए ।
तत्कालीन समयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चानन्द भारती, उच्च मावि सञ्चालन सर्वदलीय संयन्त्रका संयोजक शंकर दाहाल, विद्यालयका प्रधानाध्यापक पुहुपनारायण महतो र प्रस्ताव लिएर आउने टोलीका सदस्य गणेश कार्की, भोला सहनी, दिवाकर खड्कालगायत स्थानीय बुद्धिजीवी र भद्रभलादमीहरुकै अनुरोधमा विद्यालयमा सरस्वतीको मन्दिर बनाई दिए हजुरबुबाको शालिक राख्न दिने सहमति अनुसार नै अहिले शालिक स्थापना गरिएको र अहिले प्रभाव र प्रलोभनमा पारेर शालिक राखियो भनेर विभिन्न मिडियामा प्रचार गरिँदैछ यसमा कुनै सत्यता नभएको उनले बताए ।
१७ लाखको आफ्नो निजि लगानीमा विद्यालयमा सरस्वतीको मन्दिर निर्माण भएको उनको भनाइ छ । तत्कालीन समयमै आफ्नो हजुरबुवा बासुदेव उपाध्यायको अर्धकदको शालिक ल्याएर राख्न नसकिएको तर अहिले शालिक स्थापना गर्दा जबरजस्ती विवादूपद बनाउने काम भएको उनको दाबी छ । आफ्नै गाउँठाउँको लागि केही गरौँ भन्ने भावना राख्दा आफूमाथि अन्याय भएको उनले दाबी गरे ।
प्रतिक्रिया