मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयबाट एसइई परीक्षामा ६२६ जना परीक्षार्थी सहभागी छन् । यो संख्या कोसी प्रदेशमा कुनै एक विद्यालयबाट सहभागी परीक्षार्थीहरूको सबैभन्दा धेरै हो ।
जसमध्ये ८ जना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।
२०२९ सालमा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमुना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा माध्यमिक तहमा समेत गरी हाल ४ हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया