पोखरी नारायणस्थान र मेथिनकोटमा प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान

काभ्रे । मन्त्रिरिषद्को निर्णयअनुसार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ दीर्घकालीन रूपमा जग्गाको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे । यही चैत ४ गते सरकारको निर्णयले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

नमोबुद्ध नगरको भकुण्डेमा चौकी भवन निर्माणका लागि साविक मेथिनकोट–६ मा रहेको कित्ता नं ८५ को छ रोपनी तथा साविक पोखरीनारायणस्थान–३ तेमालका लागि ४६३ नम्बरको छ रोपनी जमिन दिने निर्णय गगरिएको थियो । रासस

प्रतिक्रिया