प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर बहिष्कार गर्ने

काठमाडाेँ । आम जनता पार्टीका सांसद प्रभु साहले कार्यसूचीबाट नहटाइए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर बहिष्कार गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले जवाफ नदिने प्रश्नोत्तरको औचित्य नभएको बताए ।

पछिल्लो पटकको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा साहको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले दिएका थिएनन् । ‘प्रभु साहको सवाल होइन । संसदको सम्मान र गरिमाको हो, नियमावलीको प्रवधानको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्थ्यो,’ उनले भने, ‘त्यसरी नभएको कार्यक्रमको औचित्य छ जस्तो मलाई लाग्दैन त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन विशेष आग्रह गर्छु । कार्यसूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउँदछु ।’

प्रतिक्रिया