काठमाडौं । संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएपछि सहज हुने भएको छ ।
लामो समयसम्म नागढुंगा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्नकै लागि सुरुङ मार्गको निर्माण पनि गरिएको हो । सो सुरुङ मार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल सो क्षेत्रका स्थानीयहरुले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेका छन् ।
सो आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेको छ । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।
यो सुरुङ मार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीय अवरोध, कोरोनालगायतको कारण निर्माणमा ढिलाइ भएको थियो ।– तस्विरनेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया