सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने, यी हुन् मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडौं । सरकारले आगामी चैत २४ गते रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २४ गते रामनवमीको दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान्न सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको । बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्को ११ निर्णय

प्रतिक्रिया