एमालेले भन्यो– गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुँदैन (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले हालै संविधान र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै कुनै पनि पश्चगामी प्रयासलाई अस्वीकार्य ठहर गरेको जानकारी दिए । ‘नेपालको संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्ने हाम्रो प्रतिबद्धता कायम छ,’ उनले भने ।

उपमहासचिव ज्ञवालीले लोकतन्त्र स्थापनापछिको छोटो अवधिमै नेपालले महत्वपूर्ण प्रगति हासिल गरिसकेको बताए । सचिवालय बैठकले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन दृढ संकल्प व्यक्त गरेको छ ।

साथै, बैठकले लुम्बिनी प्रदेश कमिटीबाट अनुमोदनका लागि पठाइएका २८ जना नयाँ सदस्यहरूको नाम अनुमोदन गर्ने निर्णय पनि गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । पछिल्लो समय राजावादीहरुको चहलपहलले विभिन्न राजनीतिक दलहरु तातेका छन् ।

यस्तो सचिवालय बैठकले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया