पूर्वमन्त्री सम्बाहाम्फेबाट विद्यालयलाई अक्षयकोष

पाँचथर । जिल्लाको दक्षिण कुम्मायक गाउँपालिकामा रहेको पृथ्वी मावि यासोकलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फेले बाबुआमाको स्मृतिमा अक्षयकोष स्थापना गरिदिएका छन् ।

सम्बाहाम्फे परिवारले ६ लाख ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । डम्बर सिंहका बाबु क्याप्टेन धनसिंह र आमा देवी रानी तुम्बापोको स्मृतिमा अक्षयकोष स्थापना गरिएको जनाएको छ ।

कोष स्थापना डम्बर सिंह, ओमराज, छोरीहरू आसाहाङ माया प्रधान, भारती र जयन्ती सम्बाहाम्फेलगायत ले सो विद्यालयलाई प्रधान गरीएको पत्रकार मनोज थापा ले जानकारी दिए। उक्त कोषको ब्याजबाट शैक्षिक क्षेत्रमा गुणस्तरका लागि छात्रवृत्ति प्रधान गरिने जनाइएको छ ।

सो विद्यालयको ६०औँ स्थापनाको हिरक महोत्सव मनाउने अवसर पारेर यतिका रकम सम्बाहाम्फे परिवारले कोष स्थापना गरिएको हो । त्यस्तै विद्यालयलाई कुम्मायक गाउँपालिकाले १० लाख र वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्र कुमार लावतीले ३ लाख उपलब्ध गराउने बताइएको छ ।

अक्षयकोष स्थापना दाता सम्बाहाम्फे परिवारका डम्बर सिंह सम्बाहाम्फे एमालेका अभिभावक हुन् । उनी उपचारपछि जिल्लामा सक्रिय राजनीतिक गरीरहेका छन् । उनी केन्द्रीय सदस्य भए पनि केन्द्रले कुनै पार्टीको जिम्मेवारी दिइएको छैन ।

प्रतिक्रिया