काठमाडौं । आगामी चैत ७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदहरुले प्रश्न गर्ने भएका छन् । प्रतिनिधिसभामा चैत ७ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको हो ।
(आज) बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी चैत ७ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको सुनाएका हुन् ।
प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन यसअघि नै भइसकेको र समूह ९ मा रहेका सांसदहरूले चैत ७ गते सहभागिता जनाउने सभामुख घिमिरेले जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार चैत ३ गते दिउँसो २ बजेभित्र सांसदहरुले प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्नहरू लिखित बुझाउन पर्नेछ ।
प्रतिक्रिया