शिक्षक महासंघले गर्यो मंगलबारदेखि दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गराउन दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंको धुम्बाराहीस्थित शिक्षक संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महासंघका नेताहरूले शिक्षासँग जोडिएका समस्या समाधान गर्न सरकार गम्भीर नभएकाले आन्दोलन (भोलि) मंगलबारदेखि आन्दोलन राख्नुपरेको बताए ।

उनीहरूले शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने माग दोहोर्याए । महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाइने चेतावनी दियो ।

कार्यक्रममा शिक्षक संघका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले सरकार शिक्षाको गुणस्तर सुधार गर्न प्रतिवद्ध नभएसम्म आन्दोलन नरोकिने बताए ।

प्रतिक्रिया