मंगलबारको प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकले संसद्‍बाट स्वीकृत भएका पाँचवटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रतिपक्षी दल माओवादी केन्द्रले पछिल्लो समय राजावादी सक्रिय हुनुमा सरकार दोषी भएको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको प्रतिपक्षी दल माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको हो ।

प्रतिक्रिया