पर्सा । पर्साको धोबिनी गाउँपालिका– ४ लंगडीमा रहेको नेरुडे मिर्मिरे केन्द्र शाखाको प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता अभियान कार्यक्रम आज सम्पन्न भएको छ । नेरुडे मिर्मिरे वितिय संस्थाले आयोजना गरेको गोष्ठीमा केन्द्रका प्रमुखहरुलाई साक्षरताबारे जानकारी दिइएको थियो ।
साक्षरता कार्यक्रममा वक्ताहरुले भने वित्तिय संस्थाहरुले गरिब जनताहरुलाई बिना धितो ऋृण दिएर रोजगारमूलक बनाएको बताए । असाक्षर महिलाहरुलाई समूहमा राखेर साक्षर बनाई समयमा बिनाधितो ऋृण दिएर सानो व्यापार, भैँसी पालन, बाख्रा पालनलगायत रोजगारीमूलक बनाएर आत्मनिर्भल बनाएको वक्ताहरुले बताए ।
यस्ता संस्थाहरुलाई संरक्षण गर्नु जरुरी रहेको भन्दै वित्तिय संस्थाहरुबाट ऋृण लिएर समयमा ऋृण फिर्ता गर्नुमा वक्ताहरुको जोड थियो । साक्षरता अभियान वडा नम्बर ४ का वडाध्यक्ष अबास मियाँ चुरिहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अथिती नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको कलैया कलस्टरका किरण विष्ट, नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाको कलैया कलस्टर मकसुद अंसारी, लंगडी शाखाको कार्यालय प्रमुख फनिन्द्र कुमार साह, सुवर्णपुर कार्यालय प्रमुख जयमंगल साह, डोकैलाको कार्यालय प्रमुख सुजन क्षेत्री, लंगडीका शाखाका कर्मचारी रितेश चौहान, प्रकाश चौधरी, दिपेन्द्र चौधरी, सचिता चौधरी, कविता चौधरी तथा विभिन्न केन्द्रहरुबाट उपस्थित केन्द्र प्रमुख महिलाहरुको सहभागीता रहेको थियो ।
पर्सा
प्रतिक्रिया