नयाँ दिल्ली । उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
दुई जना मजदुर भग्नावशेषमा फसेको आशंका गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण पूर्व लुधियाना जिल्लामा साँझ एउटा कपडा कारखानाको भवन भत्किएको छ ।
कारखानाको भवन भत्किएको समयमा त्यहाँ २९ जना कामदार रहेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । ‘कारखानामा मर्मत कार्य चलिरहेको थियो, जब अचानक एउटा स्तम्भ भत्कियो, जसको कारण पूरै भवन भत्कियो,’ एक प्रहरी अधिकारीले भने ।
‘भवन भत्किँदा विस्फोटको आवाज पनि सुनिएको थियो, उद्धार कार्य जारी छ ।’ प्रशासनले भवन भत्कनुको कारणबारे छानबिन गरी विस्तृत प्रतिवेदन पेश गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया