चिटिक्क भरतपुरमा ६ लेनको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चितवन । भरतपुर महानगरपालिकाको शहरी सौन्दर्यसँग जोडिएको पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ ।

२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटकसम्म म्याद थप गरी अहिले चिटिक्क बनेको हो । हालै मात्र उक्त सडकमा स्मार्ट सडक बत्तिको पनि सुभारम्भ गरिएको थियो ।

यो सडक विस्तारको लागि लागत १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११ दशमलब ५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ ।

प्रतिक्रिया