वीरगन्ज । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) ले बारा जिल्लाका १६० जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
अन्तर्राष्ट्रिय साइकल परियोजनाअन्तर्गत जिल्लाको विश्रामपुर गाउँपालिका–३ मा मुसहरवा टोल रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ८० जना विद्यार्थी र वलिरामपुरको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १६० जना विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।
मधेस प्रदेशका ९ सामुदायिक विद्यालयका १ हजार विद्यार्थीलाई साइकल वितरण गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा १६० जना विद्यार्थीहरूलाई साइकल वितरण गरिएको छ । यस साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँचका चुनौतीलाई सम्बोधन गर्दै लाभान्वित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष किसोरी साह, पूर्ववडाअध्यक्ष मदनप्रसाद यादव, विशिष्ट अतिथि चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कबित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठलगायत थिए ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसहरवामा आयोजित कार्यक्रमका वडा–३ का वडा अध्यक्ष शिवचन्द्रप्रसाद यादवको मुख्य अतिथिमा सम्पन्न कार्यक्रम प्रधानाध्यापक जुगुलकिशोर साह, शिक्षक शिक्षिका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका यादवले कार्यक्रमको प्रशंसा गर्दै भने, ‘सहयोगले विद्यार्थीलाई नियमित रूपमा र समयमै कक्षामा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न सहयोग पु¥याउँछ । उनले कार्यले स्वतन्त्रता र आत्मनिर्भरतालाई बढावा दिई उनीहरूलाई सशक्त बनाउँछ ।’
प्रतिक्रिया