पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास ७ अभियान पश्चिमतर्फ

काठमाडौँ । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको कम्पनीको दाबी छ ।

यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण–मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् । ‘पूर्वी क्षेत्रबाट आएको अत्यधिक प्रतिक्रियाबाट हामी उत्साहित छौं र पश्चिमी नेपालमा प्रोटोन इमास ७ ल्याउन उत्सुक छौं । हाम्रो लक्ष्य देशको विकसित गतिशीलता आवश्यकताहरू पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु हो,’ नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

प्रतिक्रिया